गृहमन्त्री रवि लामिछानेको गगनमाथि आक्रोश, संसदमा सोधिएको प्रश्नमाथि सडकमा बहस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई संसद अवरोध नगर्न चेतावनी दिएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा जोडेर कच्चा राजनीति गरेको समेत बताएको छ । सभापति लामिछानेले कांग्रेस नेताहरुलाई प्रमाण बोकेर खुल्ला चौर वा निर्वाचन क्षेत्रमा बहस गर्न आउन चुनौति दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका नेताहरुमाथि खनिएका छन् ।
पछिल्ला राजनीतिक घटनाक्रमका बिषयमा बिशेष सम्बोधन गर्दै लामिछानेले नेपालको राजनीतिमा ७० वर्षको इतिहास बोकेको दलको पछिल्लो गतिविधि देखेर छक्क परेको दाबी गरे । गृहमन्त्रीले अस्तिसम्म झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने मन्त्री बोकेको कांग्रेसले कसैले दिएको बिना प्रमाणको उजुरीलाई लिएर राजीनामा मागेको जिकिर गरे ।
उही झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने सांसद नै आफ्नो राजीनामा माग्दै आएको बताए । गृहमन्त्री लामिछानेले कांग्रेसलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए । संसदमा बोल्न नदिएको भन्दै कांग्रेसलाई गृहमन्त्री लामिछानेले प्रमाण सहित खुला स्थानमा बहस गर्न आउन चुनौति दिए । लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताए । उनलाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताए ।
गृहमन्त्री लामिछानेले आफूले राम्रो काम सुरु गरेकाले जतिसुकै ठूला माछा भए पनि नछाड्ने बताए । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ बसेको भएपनि समाएर ल्याउने उनको दाबी छ । सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए । त्यस्तै रास्वपाका उपसभापति स्वर्णीम वाग्लेले सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई पक्राउ गर्नु चानचुने कुरा नभएको बताए । उनले प्रधानमन्त्रीको मीत्र महरालाई कानुनको कठघरामा ल्याउनु सानो कदम नभएको बताए । उनले नेपालका एक मात्रै डलर अर्बपति नेपालमा कसले छुन्छ र भन्ने दम्भका साथ हिँड्ने विनोद चौधरीलाई समेत बयानमा बोलाएको उनको दाबी छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ट्याग : #कच्चा राजनीति, #रवि लामिछाने
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्