मोहनविक्रम सिंह पतन भएको एमाले अध्यक्ष ओलीको टिप्पणी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिवी घटाउने गरी काम गर्ने बताएका छन् । अघिल्लो सरकारले गरिवी ३ प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शुन्यमा झार्ने सरकारको योजना हुने बताए ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले गरिवीलाई शुन्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने पनि बताए । उनले चीनले गरिवी शुन्यमा झारेको दृष्टान्त पेश गर्दै आफूहरुले पनि त्यसै अनुसार काम गर्ने बताए ।
विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरु सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको ओलीले जिकिर गरे ।
अध्यक्ष ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गरे । काँग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोईरहेको ओलीको भनाई थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्