संसद सचिवालय पुग्यो सांसद गोमा लाभ सापकोटालाई हटाउने पत्र
काठमाडौं । सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको भन्दै जनमत पार्टीले संसद सचिवालयमा पत्र पठाएको छ ।
पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने र सफाइ पेश गर्ने लगायतका आन्तरिक कारबाही पूरा गरेर सांसद सापकोटा पार्टीबाट निकालिएको भनी जनमत पार्टीको संसदीय दलले फागुन २७ गते संसद सचिवालयमा पत्र पठाएको हो ।
सापकोटा पार्टीको कारबाहीमा परेको सूचना संसदमा जानकारी गराएको खण्डमा सांसद पद रिक्त हुन्छ । तर, यस सम्बन्धमा संसद सचिवालयले भने निर्णय लिइसकेको छैन ।
यसअघि, जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिले अनुशासन उल्लंघन गरेको भन्दै सापकोटालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो ।
त्यस निर्णयका आधारमा जनमत पार्टीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ उल्लेख गरेर संसद सचिवालयलाई पत्र पठाएको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ मा दल त्याग गरेको सम्बन्धी सूचना दिनुपर्ने व्यवस्था छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #संसद सचिवालय, #सांसद गोमा लाभ सापकोटा
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्