कांग्रेस महासमिति बैठकमा आएको प्रस्तावले गठबन्धन भत्कियोः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैचारिक विषयमा शंका र अविश्वास भएका कारण नेपाली काँग्रेससँगको गठबन्धन भत्काएको जवाफ दिएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले काँग्रेस पार्टी र आफूहरुका बीचमा वैचारिक विषयमा शंका र अविश्वास भएका कारण गठबन्धन भत्काउनु परेको जवाफ दिएका हुन ।
आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नपरेको उनले स्पष्ट पारे । काँग्रेसको नेतृत्व र आफ्नाबीच व्यक्तिगत अविश्वास पनि केही नभएपनि व्यक्तिगत भन्दापनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको उनले बताए । कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्म विपरित लाग्दापनि कारबाही नभएको बताए ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै त्यसमा पनि आफूहरुको असन्तुष्टि रहेको भन्दै उनले काँग्रेस महासमिति बैठकले गठबन्धनको बिरुद्धमा निष्कर्ष निकाल्नु र हिन्दु धर्मको नाममा हस्ताक्षर चलाउनु नै गठबन्धन टुट्नुको कारण रहेको उल्लेख गरे ।
त्यसैगरी काँग्रेसले प्रतिवेदनमै जनयुद्धको विद्रुपीकरण गर्दै २०४७ सालको संविधान ठिक भएको आशय उल्लेख गरिनुपनि सम्बन्ध टुट्नुको कारण भएको उनले बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाली कांग्रेस, #प्रधानमन्त्री
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्