सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन कांग्रेसमा २२ नेताले राखे पुरक प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसमा सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै २२ जना केन्द्रीय सदस्यले नेतृत्वलाई हस्ताक्षर संकलन गरी बुझाएका छन् । महासमिति बैठकको पूर्वसन्ध्यामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई उनीहरूले हस्ताक्षर संकलन गरी बुझाएका हुन् । शंकर भण्डारीको नेतृत्वमा सदस्यहरूले बुझाएको पुरक प्रस्तावमा बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएकोमा चिन्ता व्यक्त गरिएको छ ।
९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति गम्भीर बनेकोमा यसअघि पनि महासमिति सदस्यहरूले वैदिक सनातन हिन्दूराष्ट्र राष्ट्र नेपाल कायम गर्न ध्यानाकर्षण गराएको स्मरण गराइएको छ ।
शंकर भण्डारीको संयोजकत्वको समन्वय समितिले शनिबार हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा समेत गर्दैछ । कांग्रेस केन्द्रीय समिति बैठकमा पेश भएका चार प्रतिबेदनमा नेताहरुले आलोचना समेत गरेका छन् । नेता डा. शेखर कोइरालाले महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताए ।
विधान लोकतान्त्रिक पार्टीको मेरुदण्ड रहेको बताउँदै कोइरालाले विधानमा धेरै त्रुटिहरु रहेको भन्दै प्रतिवेदनहरु गठबन्धनको छायाँ जस्तो देखिएको जिकिर गरे । केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी बैठकमा प्रस्तुत तीन प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको टिप्पणी गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #२२ जना केन्द्रीय, #केन्द्रीय समिति बैठक
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्