मन्त्री सुदन किराँतीले आफैं सफा गरे कार्यकक्ष (भिडियोसहित)
काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् । सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ । सधैंझैं निलो रंगको सुट लगाएका मन्त्री किराँतीले टेबलहरु पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको र त्यो काममा एक महिलाले सघाइरहेको देखिन्छ ।
बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरिरहँदा नजिके रहेकी कर्मचारी समान सार्नमा व्यस्त थिइन् । उनले जाडोमा चाँडो कार्यालय आउँदा रिस उठ्छ कि उठ्दैन भनेर कर्मचारीलाई सोधिरहेका देखिन्छन् । कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन् ।
किरातीले काम देशका लागि गर्नु पर्छ भनेर हौसला दिन्छन् । उनले कर्मचारीको परिवारका बारेमा पनि सोधपुछ गर्छन् । यस्तो काम गरेको कति भयो भनेर किरातीले सोधपुछ गरेको देखिन्छ । कर्मचारी भने हाँसिरहेकी देखिन्छ ।
मन्त्री किराँतीको प्रेस संयोजकको भूमिका निर्वाह गर्दै आएका राजन राईले उक्त भिडियो आज बिहानको भएको बताए । कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको उनले बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कार्यकक्ष आफैं सफा, #निलो रंगको सुट, #सुदन किराती
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्