करोडौ लिएर भागेका प्रभु बैंकका कर्मचारी अझै भेटिएनन्, निरजबिक्रम शाह बिरुद्ध बैङ्किङ कसुर मुद्धा दर्ता
रुकुमपश्चिम । जिल्लाको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैंकका अप्रेशन ईन्चार्ज निरज बिक्रम शाह अझै भेटिएका छैनन् । एक करोड ३१ लाख २५ हजार रुपियाँ लिएर फरार भएका शाह कहाँ छन् कुनै टुंगो लागेको छैन् । तर, एक करोड ३१ लाख २५ हजार रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध मुद्धा दर्ता भएको हो ।
बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको हो । शाह बिरुद्ध प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयले बैङ्किङ कसुर शिर्षकमा मुद्धा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिए ।
अपरेशन ईन्चार्ज शाहले बैंकका खातावालाहरुको रकम अनाधिकृत रुपमा निकाल्ने, जम्मा गर्ने, अरुलाई ट्रान्सफर गर्ने गरेको आरोप लागेको छ । शाहले पदको दुरुपयोग गरेर करोडौ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैंकले आन्तरिक छानबिन समेत सुरु गरेको थियो । झुठ्ठा विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम अपचलन गरेको पाईएपछि उक्त रहस्य खुलेको हो ।
बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारी बिरुद्ध मुद्धा दर्ता गरेको हो । इन्चार्ज शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको देखिएको छ । रकम अपचलन गरेको आरोप लागेका कर्मचारी शाह भने फरार छन् ।
शाखामा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारविहिन बनाएर नयाँ कर्मचारीको टोलीले शाखाको दैनिक काम गरिरहेको छ । आठविसकोट नगरपालिका –१२ का डण्डे कुसारीले बैंकमै गएर दिएको १७ लाख रुपियाँ शाहले गायब पारेको गुनासो गरे । आठविसकोट नगरपालिका –११ की मनकला पुनले चेक सकिएपछि निकाल्न गएको बेला ईन्चार्ज शाहले म ल्याईदिउला भनेर चेक छोडेको तर उनले जानकारी नदिई आफ्नो चेकबाट रकम निकाल्ने गरेको बताइन । छ लाख रुपियाँ शाहले निकालेर हिनामिना गरेको उनको गुनासो छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अप्रेशन ईन्चार्ज, #एक करोड बढी, #प्रभु बैंक
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्