अध्यागमन कर्मचारी र प्रहरीबीच हातपातको घटनाका दोषीमाथि कडा कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने दाबी गरेका छन् ।
आईतवार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले घटना दुःखद् भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिवद्धता व्यक्त गरेका हुन ।
उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानविन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने बताए ।
उनले अध्यागमन विभागमा सो खालको घटना फेरि दोहोरिन नदिन सरकारले त्यहाँको सबै कामकारवाही स्वचालित प्रक्रिया (अफिस अटोमेशन सिस्टम) बाट शुरु गर्न लागिएको पनि बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले अध्यागमन विभाग भित्रको बेथिति हटाउनका लागि सरकारले कडा कदम चाल्ने थालेपछि त्यहाँ भित्र हातहातको अवस्था आएको पनि छानविन समितिको प्रतिवेदनको निष्कर्ष रहेको पनि समितिलाई जानकारी गराएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अध्यागमन, #कर्मचारी र प्रहरी, #हातपातको घटना
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्