भाषण गरेर नेताहरु हिँडेपछि देउवाको आक्रोशः साथीहरु कोही छैन के बोल्नु !
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको जिल्ला सम्मेलनमा आफूले बोल्नुअघि नेताहरू हिँडेपछि असन्तुष्टी ब्यक्त गरेका छन् ।
शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटनमा सभापति देउवाले भने साथीहरु कोही छैन के बोल्नु।
उनले थपे मान्छे बोल्दा बोल्दै हल खाली हुने अवस्था भइसक्यो । हाम्रो साथीहरू सबैलाई लामो बोल्नुपर्छ । सबै कुरा प्रष्ट सुनाउन पनि पर्यो । कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । धेरै कुरा बोल्नु छैन । साथीहरू बोलिसक्नुभयो । सभापति देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए ।
उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने भन्दै सभापति देउवाले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताएका थिए ।
उनले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #असन्तुष्टी ब्यक्त, #बोल्नुअघि नेताहरू हिँडेपछि, #शेरबहादुर देउवा
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल



तपाईको कमेन्ट लेख्नुहोस्