सुनकाण्डमा आयोगले लियो कृष्णबहादुर महरासँग बयान
काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ। आयोगले ब्रेक प्याडमा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट भेपमा हालेर ल्याइएको ९ किलो सुन प्रकरणका विषयमा महरालाई विहिबार सिंहदरबारमा बोलाएर बयान लिएको हो।
आयोगले झण्डै २ घण्टा बयान लिएको बताइएको छ । आयोगले आजै महरासँगै विध ल्यावका सञ्चालक भीमकान्त भण्डारीसँग पनि बयान लिएको छ। महरा भेपमा हालेर ल्याइएको ९ किलो सुन प्रकरणमा जोडिएका व्यक्ति हुन । तस्करका मुख्य नाइके भनिएका दाओजिन वाङसँग महराको सम्पर्क भएको देखिएको र स्वयं महराले पनि भेटघाट र कुराकानी भएको स्वीकार गरेका थिए ।
उक्त प्रकरणमा उनका छोरा राहुल अहिले पुर्पक्षका लागि थुनामा छन् । भण्डारीसँग हाल पुपक्षका लागि थुनामा रहेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुराकानी भएको पाइएपछि बयान लिइएको हो । आयोगले ६० किलो सुन तस्करी र भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #६१ किलो सुन, #कृष्णबहादुर महरा, #सुनको अवैध पैठारी
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्