सर्वोच्चले दियो स्काउटको अधिवेशन नरोक्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले १२ वर्षपछि हुन लागेको नेपाल स्काउटको अधिवेशन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवेशन रोक्न दिएको लिखित निर्देशनविरुद्ध अधिवक्ता लोकबहादुर भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै स्काउटको पक्षमा सर्वोच्चको आदेश आएको हो ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले गत माघ ८ गते तय गरेर यही माघ २२ र २३ गतेका लागि तोकिएको अधिवेशन निर्धारित समयमै गर्न बाटो खोलिदिएको हो। खेलकुद मन्त्री डिगबहादुर लिम्बुले स्काउटको अधिवेशन गराउने गरी गत माघ ८ गते निर्णय गराएका थिए । तर, प्रधानमन्त्रीको निर्देशनपछि स्काउटको अधिवेशन अनिश्चित भएको थियो। देशभरका प्रतिनिधि आइसकेको अवस्थामा अधिवेशन अनिश्चित भएको थियो। यस्तोमा सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रलाई यथावस्थामा राख्न भनेको छ।
अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा दुबै पक्षको सहभागितामा हुने छलफलबाट निर्णय नभएसम्मको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र र विपक्षी युवा तथा खेलकुद मन्त्रालयको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नू सर्वोच्चले भनेको, निर्वाचन समितिको माघ ८ मा निर्धारित निर्वाचन कार्यतालिका बमोजिमका कार्यक्रम नरोक्नु नरोकाउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) को खण्ड (ख) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ। नेपाल स्काउटमा सोमबार र मंगलबारका लागि अधिवेशन मिति तय भएको थियो ।
नेपाल स्काउटमा निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले पहल गरेका थिए । खेलकुदमन्त्रीको पहलमा नेपाल स्काउटमा १२ नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको हो। नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुदमन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अल्पकालीन अन्तरिम आदेश, #नेपाल स्काउट, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्