सत्ता गठबन्धनले भन्यो कोशीको मतपरिणाम अप्रत्याशित

काठमाडौं । सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित भनेको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेताहरुको बैठकले कोशीमा सत्ता गठबन्धनको समर्थन रहेको माओवादी उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित र गम्भीर भनेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग नेपाली कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको जानकारी दिए ।
कोशीको मतपरिणामलाई लिएर माओवादी केन्द्रको मात्र नभई सत्ता गठबन्धनमा रहेका अन्य दलको पनि चासो रहेको भन्दै नेता लेखकले यो विषयले यसले गठबन्धनमा प्रतिकुल असर नगर्ने बताए । लेखकले कोशीमा फ्लोर क्रसबारे कसैलाई दोषी हाल्न नमिल्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्