Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

उपेन्द्र यादवले शिलान्यास गर्ने, बाहिर शिक्षामन्त्रीको टाउको फुटाउने !


काठमाडौं । सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट मधेस सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवको टाउको फुटेको हो।

प्रहरीको लाठीबाट प्रदेशसभा सदस्यहरु सतिश सिंह, भागेश्वरी चौधरी र रञ्जु खंगलाई समेत चोट लागेको हो । सुरक्षा घेरा तोडेर मन्त्रीसहित जनमतका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि अवस्था नियन्त्रणमा लिन लाठीचार्ज गरेको प्रहरीले दावी गरेको छ।

कार्यक्रम स्थलमा शिक्षामन्त्री, सांसदहरुले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फूलमालासहित स्वागत गर्न गएकोमा उनीहरुमाथि कुटपिट भएको हो। सचिव साहले यस घटनाको निन्दा गर्दै यस्तो घटना गराउने उपेन्द्र यादवलगायतका नेताहरुमाथि छानविन गरी हुनुपर्ने बताए।

विश्वविद्यालयको भवनको शिलान्यासको प्रमुख अतिथि उपेन्द्र यादवलाई बनाउने भएपछि आइतबार जनमतका नेता तथा कार्यकर्ताले विरोध जनाउँदै विश्वविद्यालयमा तालाबन्दी गरेका थिए। त्यसपछि जनमतबाटै मन्त्री रहेका शिक्षामन्त्री यादवले आफु विश्वविद्यालयको सहकुलपति रहेपनि आफूलाई समेत जानकारी नरहेको भन्दै शिलान्यास कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए।

उनले कार्यक्रम स्थगित नगरेमा शिलान्यासको दिन उत्पन्न हुने अवस्थाको जिम्मेवार विश्वविद्यालय प्रशासन हुने भनेर चेतावनी दिएका थिए। यद्यपि, आज शिलान्यास गरिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उपेन्द्र यादव, #कृषि विश्वविद्यालय, #टाउको फुटाउने

तपाईको कमेन्ट लेख्नुहोस्