दाँया र बाँया अर्थशास्त्री र बैंकर साक्षी राखेर रविले भने मेरो खातामा पैसा आको छैन् ! (भिडियोसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निजी खातामा एक करोड ८० लाख भएको भन्ने कुरा गलत रहेको दाबी गरेका हुन् ।
उनले सञ्चरमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको गुनासो गरे । उनले आफूलाई ग्लोबल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।
सोमबार कान्तिपुर दैनिकले ‘ग्यालेक्सी छोड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशन गरेसँगै सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधीकन आफ्नोविरुद्धमा समाचार लेखिएको र निजी खातामा एक करोड ८० लाख आएको कुरा गलत रहेको दाबी गरे।
सभापति लामिछानेले आफूले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार समेत गरेका छन् । त्यस्तै, लामिछानेले सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु (जीबी) राईलाई सरकारले किन समाएन भनेर प्रश्न गरेका छन् ।
‘पूर्व उपप्रधानमन्त्रीलाई समाउन सक्ने सरकारले जीबी राईलाई किन समाउन सक्दैन र ? एकजना जीबी राईलाई समाउन सक्दैन र ? तर मलाई कताकता यो फायल खोल्दै जाँदा उहाँहरुका आफन्त धेरैको नाम आउँछ कि भनेर हो कि म हेर्दैछु उहाँहरुलाई’, लामिछानेको भनाइ छ । लामिछानेले संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै जीबी राईलाई पनि जहाँसुकै भएपनि सार्वजनिक भएर पीडितहरुको पैसा व्याजसहित तिर्न आग्रह गरे ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #‘ग्यालेक्सी छोड्दा लामिछाने, #एक करोड ८० लाख, #रवि लामिछाने
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्