रुस–युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जाको विषयः डा.बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा डा। भट्टराईले भनेका छन्–ुरोजगारीको खोजीमा हाम्रा युवाहरू रुस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो ।
सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नू अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन भट्टराईले भनेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्