१५ लाख घुससहित समातिए बनेपा नगरपालिकाका वडाध्यक्ष

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ।
घर बाटो सिफारिस गर्ने बहाना बनाएर १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा बनेपा–९ का वडाध्यक्ष नृपेश बादेलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई बुधबार बेलुकी भक्तपुरको मध्यपुर थिमी– ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । आयोगले वडाध्यक्ष बादेसँगै आएका कारचालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको छ ।
उनको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन र १०० अमेरिकी डलर बरामद भएको आयोगले बताएको छ। कारसहित प्रधानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्