धुरुधुरु रुने जलहरी भ्रष्टाचारमा मुछिएका सदस्य सचिव मिलन थापासँग ३ लाख धरौटी माग !
काठमाडौं । विशेष अदालतले पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा. प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।
जलहरी काण्डमा अनियमितता गरेको संसदीय समितिमा आरोप लागेपछि थापा भ्रष्टाचार गरेको प्रमाणित भए आत्महत्या गर्ने भन्दै धुरुधुरु रुएका थिए । समितिको बैठकमै रुएपछि उनीको आलोचना समेत भएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्