कर्णाली प्रदेशका गठबन्धनका राष्ट्रियसभा उम्मेद्वार सल्यानमा, मतदाता र नेताहरुसँग छलफल
काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशका गठबनधनका उम्मेद्वार प्रचार–प्रसारमा ब्यस्त भएका छन् । राष्ट्रिय सभामा उम्मेद्वार बनेका नेपाली कांग्रेसका तर्फबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रका तर्फबाट बिष्णुबहादुर विक र नेकपा एकीकृत समाजवादीका तर्फबाट साबित्रि मल्ल चुनावी प्रचार–प्रसारमा ब्यस्त भएका हुन् ।
सत्ता गठबन्धनका साझा उमेद्वारहरुले कर्णालीका बिभिन्न जिल्लामा पुगेर प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुसँग भेटघाट र छलफल गरिरहेका छन् ।
शनिबार उनीहरुले कर्णाली प्रदेशको सल्यान जिल्लाका जनप्रतिनिधिसँग अन्र्तक्रिया कार्यक्रम गरेका छन् । कार्यक्रममा सत्ता गठबन्धन दलका जिल्लाका नेताहरुसँग समेत छलफल भएको बताइएको छ । सत्ता गठबन्धनका साझा उम्मेद्वारहरुलाई जिताउन आफूहरु लाग्ने नेताहरुले प्रतिबद्धता जनाएका छन् ।
मतदाताहरुले पनि जितको शुभकामना दिदैं प्रभावकारी काममा लागि अपेक्षा गरेको समेत बताएका थिए । यसअघि सत्ता गठबन्धनका उम्मेद्वारले दैलेखका मतदाता र नेताहरुसँग पनि छलफल गरेका थिए ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृष्णबहादुर रोकाया, #प्रचार–प्रसारमा ब्यस्त, #राष्ट्रिय सभा निर्वाचन
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्