बक्यौता नतिरी उद्योगको लाइन नजोड्न कुलमानलाई चेतावनी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ४ कर्मचारी संगठनले बक्यौता बाँकी उद्योगहरूले महसुल नबुझाइ लाइन जोडिदिएका पुनस् काटिदिने चेतावनी दिएका छन् । प्राधिकरणअन्तर्गतको कर्मचारी कल्याण परिषद, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघले बक्यौता नउठाइ विद्युत जोडे पुन काट्ने बताएका हुन् ।
४ संगठनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै कुनै हालतमा लाइन काटिएका उद्योगहरूमा विद्युत लाइन नजोड्न सुझाव दिएका हुन । ‘अदालतले समेत विद्युत महसुल असुलउपर गर्न आदेश दिइसकेको अवस्थामा समेत हाल नेपाल सरकारले विद्युत महसुल रकम नबुझाई उद्योगहरूको लाइन जोड्ने निर्देशन दिइएको भन्ने बुझिन आएको छ ।
लाइन जोडिएमा हामी पुनः त्यस्ता उद्योगहरूको लाइन काट्न बाध्य हुनेछौं’, संगठनको ध्यानाकर्षण पत्रमा उल्लेख छ । डेडिकेटेड फिडर तथा ट्रक लाइनमार्फत विद्युतउपभोग गर्ने उद्योगीहरूले भुक्तानी गर्नुपर्ने विद्युत महसुलको विषय विगत लामो समयदेखि विवाद गरेर विभिन्न शक्ति केन्द्रहरूको प्रयोग गरी गराई महसुल नतिर्ने प्रपञ्च भइरहेको भन्दै यसमा आफूहरूको गम्भीर आपत्ति रहेको उनीहरूको भनाइ छ ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषदको बैठकले समिति बनाउनुको साथै उद्योगहरूको काटिएको विद्युत् हाललाई जोड्न निर्देशन दिएको थियो । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको थियो । भने, ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताएको थियो ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्