Techie IT
  • २४ भदौ २०८२, मंगलबार

आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची‚ निगमले भाउ नबढाउने


काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची नेपाल आयल निगमलाई पठाए पनि निगमले भाउ नबढाएर यथावतै राख्ने जनाएको छ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ४१ पैसा बढेको नयाँ मूल्य सूची पठाएको उल्लेख छ। यसैगरि डिजेलमा प्रतिलिटर १२ पैसा र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर २० पैसा घटेको मूल्य सूची आईओसीले पठाएको छ।

निगमले अहिले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ३०० रुपैयाँ ४१ पैसा घाटा रहेको भए पनि मूल्य यथावत राख्ने जनाएको छ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं