आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची‚ निगमले भाउ नबढाउने
काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची नेपाल आयल निगमलाई पठाए पनि निगमले भाउ नबढाएर यथावतै राख्ने जनाएको छ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ४१ पैसा बढेको नयाँ मूल्य सूची पठाएको उल्लेख छ। यसैगरि डिजेलमा प्रतिलिटर १२ पैसा र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर २० पैसा घटेको मूल्य सूची आईओसीले पठाएको छ।
निगमले अहिले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ३०० रुपैयाँ ४१ पैसा घाटा रहेको भए पनि मूल्य यथावत राख्ने जनाएको छ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्