मेयर हर्क साम्पाङको धम्कीः हटाए राष्ट्रपति र प्रधानमन्त्रीको कार्यकक्षबाट फोटो
काठमाडौं । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् ।
धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले आज आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका हुन् । उनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए ।
त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् । केही दिनअघि साम्पाङले विवादित स्टाटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका थिए ।
मेयर साम्पाङले राज्यका निकायहरूलाई ठाडो चुनौती दिनेमात्र होइन, आफूमाथि प्रश्न उठाउनेहरूलाई धाकधम्की दिने गरेका छन् । तर, अहिलेसम्म उनका आपत्तिजनक अभिव्यक्तिहरूलाई लिएर राज्यको कुनै पनि निकायले उनलाई सामान्य स्पष्टीकरणसम्म सोधेको छैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्