त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुन बरामद भएको छ । दुबईबाट नेपाल आएका एक यात्रुले ज्याकेटभित्र ल्याएको १४ किलो सुन बरामद गरेको हो ।
बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका गोरखाका चन्द्र घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डाक्टर टोकराज पाण्डेले जानकारी दिए ।
दुबईबाट एक यात्रुले ठुलो परिमाणमा सुन बोकेर ल्याउँदै छन् भन्ने विशेष सूचनाको आधारमा स्ट्याण्डबाइ बसेको भन्सारको टोलीले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएका चन्द्र घलेले ज्याकेटभित्र सुन राख्न प्रयोग हुने छुट्टै झोला बनाएर भित्री ज्याकेट र जुत्तामा समेत सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको हो ।
घलेले बिस्कुट आकारमा सुन ल्याएको भन्सार प्रमुख पाण्डेले जानकारी दिए । सुन बोकेर ल्याउने चन्द्र घलेसहित सुन किन्ने र ल्याउने कार्यमा संलग्न रहेका गोरखाका मीन बहादुर घलेलाई समेत नियन्त्रणमा लिइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१४ किलो सुन बरामद, #ज्याकेट र जुत्ता, #लुकाएको फेला
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्