Techie IT
  • ११ वैशाख २०८२, बिहीबार
KhojPatrika

किन हुन्छ बारम्बार फिल्म निर्माता र हल सञ्चालकबीच विवाद !


काठमाडौं । कार्तिक २४ देखि हलमा प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ’दिमाग खराब’को प्रदर्शन जारी रहने भएको छ । बिहीबार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो । विदेशी फिल्मको दाँजोमा दिमाग खराबलाई कम शो दिइएको भन्दै दिमाग खराबको निर्माता टोलीले फिल्मको प्रदर्शन बन्द गरेको थियो ।

फिल्म चलुञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न भने सकेको छैन् । यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति उनीहरुबीच भएको छ । यो बिषयमा चलचित्र निर्माता संघ र चलचित्र कलाकार संघ के भन्छन् त ? । नेपाली फिल्म हेर्न दर्शकको घुइँचो लाग्दा पनि नेपाली फिल्मले शो नपाउनु, नयाँ र अहिले भर्खरै आएको समस्या भने पक्कै हैन ।

यो समस्या तब आउछ जब भारतीय मुलका बिग स्टार भनिने कलाकारहरुको फिल्म नेपालमा लाग्छन् । सलमान खानको टाइगर ३ को मारमा पर्यो नेपाली चलचित्र दिमाग खराब । सुरुवाती चरणमा व्यापार खस्किए पनि बिस्तारै दर्शक तान्न सफल भएको थियो । चलचित्र निर्माता संघका अध्यक्ष नवल खडका यो समस्याको दिर्घकालिन समाधान खोज्न चलचित्र निर्माताहरु एक जुट हुनपर्ने र नेपाली चलचित्र क्षेत्रलाई माथि उठ्न नदिने ठुलो राजनीतिक षड्यन्त्र भएको गुनासो गर्छन् ।

निर्माता संघ र चलचित्र संघबीच सहमति नभए सबैको व्यवसाय धरापमा पार्दै कुनै फिल्म चल्न नदिने चेतावनी उनको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला पनि हल नपाउने र फिल्म चल्ने समयमा शो नदिने समस्याको समाधानका लागि सरकारकै अग्रसरता रहनु पर्ने बताउछन् । नेपाली चलचित्र जगतको हित हुने खालको बिद्येयक ल्याउनु पर्ने र चलचित्र विकास बोर्डले पनि मध्यस्तकर्ताको भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

नेपाली चलचित्र गुणस्तरीय बन्दै गएको निर्माताहरुले दाबी गरिरहदा एक वा दुई चलचित्रले मात्र दर्शकको मन जितेको कुरा सर्वविदितै छ । त्यसो हुदा नेपाली चलचित्र निर्माता र सम्बन्धित निकायले पनि दर्शकले खोजेको जस्तो, विदेशी चलचित्र सरह गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने बिषयमा ध्यान दिनुपर्ने देखिन्छ । करोडौं लगानी गरेर स्वदेशमै बनाइएको चलचित्र भन्दा विदेशी चलचित्रलाई फिल्म हल सञ्चालकले प्राथमिकतामा राख्दा यस्ता समस्या र विवाद पटक–पटक हुँदै आएको छ । जसको दिर्घकालिन समधानका लागि सरोकारवाला निकायले बेलैमा सोच्न जरुरी छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चलचित्र कलाकार संघ, #चलचित्र निर्माता संघ, #दिमाग खराब’

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं