भूकम्प प्रभावित क्षेत्रमा नेताहरुको सक्रियता,बासको घर बनाउनेदेखि चर्किएका घरको निरिक्षणसम्म !
रुकुमपश्चिम । असोज १७ गते मध्याराति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भयो । सरकारले उद्धारमा गरेको कामको प्रशंशा सबैतिर भइरहँदा राहत वितरणमा भने ढिलाई भएको गुनासो सर्वत्र छ । तर, राजनीतिक दलका नेताहरुले गरेको काम र उनीहरुको दौडधुपले पीडामा केही मलम भने पक्कै लागेको छ ।
कर्णाली प्रदेशका दुई जिल्ला रुकुमपश्चिम र जाजरकोटमा भूकम्पले क्षति गरेपछि असोज १८ गतेदेखि जनप्रतिनिधि तथा जिल्लाका नेता कार्यकर्ता रातदिन खटिइरहेका छन् । राहत पु¥याउनेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निरन्तर सम्पर्कमा छन् उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत । स्थानीय र प्रदेश सरकारको सक्रियता र केन्द्रीय नेताहरुको समन्वयमा उद्धारको काम निक्कै छिटो भयो । घाइतेहरुको जिल्ला, प्रदेश र काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । तर, घर चर्किएका, भत्किदा बसोवासको टुंगो नभएकाहरुको उचित ब्यवस्थापनमा केन्द्र तथा जिल्लाका नेताहरुले सक्रियता देखाइरहेका छन् ।
रुकुमपश्चिममा दलहरुका नेता नै सामूहिक रुपमा प्रभावित क्षेत्रमा पुगेर सर्वसाधारणको गुनासो सुनिरहेका छन् । कांग्रेस, माओवादी केन्द्र र एमाले नेताहरु नै सामूहिक रुपमा प्रभावित क्षेत्रको अवलोकण गरिरहेका छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्मा असोज १८ गतेदेखि नै प्रभावित क्षेत्रमा खटिएका छन् । उनले राहत वितरणदेखि पालमा बसेका, क्रियापुत्री बसेकादेखि चर्किएका घरहरुको प्राविधिक टोलीसहित निरिक्षण गरिरहेका छन् । कांग्रेस नेता, पूर्वमन्त्री गोपालजीजंग शाह पनि जिल्लाका नेताहरुसँगै प्रभावित क्षेत्रमा खटिएका छन् ।
जाजरकोटमा उर्जा मन्त्री शक्ति बस्नेत, कांग्रेस नेता राजीवबिक्रम शाह पनि प्रभावितहरुको घर–घरमा पुगिरहेका छन् । राहत बाढ्न र घरहरुको पुर्ननिर्माण कसरी गर्ने भन्ने छलफलमै नेताहरु लागेका छन् । केही दिन कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि प्रभावित क्षेत्रमा खटिएरै काम गरे । उनीहरुले घरमा पुरिएका सामान निकाल्नेदेखि इट्टा ओसार्ने र प्रभावित क्षेत्रमा टहरा बनाउन सहयोग गरेका थिए ।
रुकुमपश्चिम र जाजरकोटका प्रभावित क्षेत्रमा केही बाँसका टहरा बनाउन गगनकुमार थापा र विश्वप्रकाश शर्माले सघाएका थिए । भूकम्पले प्रभावित पारेको स्थानमा नेताहरु पुग्दा मानिसहरुमा केही राहत महसुस भएको देखिन्थ्यो । दुखमा पर्दा जनताका चर्किएका घर र उनीहरु बसेको खुल्ला आकाश, चिासो सिढीमा सँगै बस्दा राज्यका निकायमा ध्यानाकर्षण गर्न पनि सहज नै हुने गर्छ ।
प्रभावित क्षेत्रमा केहीदिन विताएर फर्किएका दुई महामन्त्रीले शनिबार प्रधानमन्त्री प्रचण्डसँग भेटेर भुकम्प प्रभावितका आवाज सुनाएका छन् । भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका प्रभावित क्षेत्रका नागरिक निक्कै कष्टकर जीवन बिताइरहेका छन् । उद्धारका लागि सरकारले जति तत्परता देखायो ।
राहतका लागि भने त्यति धेरै काम नभएको गुनासो प्रभावितका स्थानीयहरुले गरेका छन् । क्रमश चिसो बढ्दैछ, पाल, त्रिपाल नपाउँदा उनीहरु छटपटाई रहेका छन् । शितका कारण रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । राहत सामग्री गाउँ गएकै छ । सहयोगी हातहरुले हातेमालो गरेकै छन् । तर, पनि प्रभावित क्षेत्रमा सहजता देखिदैन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेताहरुको सक्रियता, #भूकम्प प्रभावित, #मध्याराति गएको भूकम्प
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्