गाडी नपाएपछि शुद्धोधनका उपाध्यक्षले गरे प्रशासकीय अधिकृतमाथि कुटपिट
काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले आफूलाई गाडी उपलब्ध नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात गरेका छन् । बिहीबार दिउसो अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले विज्ञप्ती मार्फत जनाएका छन् ।
ज्ञवालीको नेमप्लेट र उनले काम गर्ने कार्यालयको टेवुलको सिसा फुटेको छ । उपाध्यक्ष कुर्मीले चढ्दै गरेको गाडी आफूलाई नचाहिने भन्दै गत असार २५ गते फिर्ता गरेका थिए । त्यसयता अधिकृत ज्ञावलीले चढ्दै आएका थिए । लोसपाबाट निर्वाचित अध्यक्ष कमलेशशरण चौधरी र माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष कुर्मीबीच सुरुदेखि नै विवाद हुँदै आएको छ ।
विवादकै कारण गाउँसभा, बजेट पारित हुन हरेक वर्ष ढिला हुँदै आएको छ । यो विवादमा अब कार्यकारी अधिकृतसमेत जोडिएका छन् । गाडी चाहियो भन्दै हातपात गरेको अधिकृत ज्ञवालीले आरोप लगाए पनि उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र कामविशेष कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको दावी गरेका छन् । अधिकृत ज्ञवालीले सरकारी गाडी दैनिक घर लैजाने र दुरुपयोग गरिरहेको उपाध्यक्षको आरोप छ ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कपिलवस्तुको शुद्धोधन
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्