संघीय संसदका चालू अधिबेशन अन्त्य, भाषणमा नेताहरुको आरोप–प्रत्यारोप !
काठमाडौं । संघीय संसद्का राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका चालू अधिवेशन अन्त्य भएको जानकारी गराइएको छ । बिहिबार बसेका संघीय संसदका दुबै बैठकमा अधिवेशन अन्त्य भएको जानकारी गराइएको हो । चालू संसदमा प्रभावकारी काम नभएको भन्दै दलहरुले आरोप–प्रत्यारोप गरे । पूराना र नयाँ दल भन्दै उनीहरुले एक अर्कोलाई कटाक्ष समेत गरेका छन् ।
चालू अधिवेशन विहिबार रातिबाट अन्त्य भएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८० कात्तिक १६ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य भएको सदनलाई जानकारी गराइएको हो । अधिबेशन अन्त्य भएको जानकारी गराउनुअघि दलका नेताहरुले आफ्नो बिचार राखेका थिए । उनीहरुले संसद बैठक प्रभावकारी चल्न नसकेको दोष एकअर्कोलाई लगाएका छन् ।
बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको आरोप लगाएका छन् । उनले राजनीतिक दलहरु संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गरे । बैठकमा नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले सरकारको काम, कारबाहीका कारण संसदको भुमिका प्रभावकारी हुन नसकेको बताए ।
उनले चालु अधिवेशनमा संसद प्रभावकारी हुन नसक्नुमा सरकारको दृष्टिकोण र गतिविधिहरु जिम्मेवार रहेको बताए । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु टुंग्याउन सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष तहमा एक किसिमको सकारात्मक छलफल भएको बताए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार रहेको आरोप लगाए । संसदमा दर्ता भएका संकल्प प्रश्तावहरुको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति उनले संसदको ध्यानाकर्षण गराए । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि भन्ने आशंका व्यक्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले मुलुकमा अराजकता र अस्थिरताले हद नाघिसकेको बताए । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका थिए । संसदमा दलहरुले संसदमा प्रभावकारी काम नभएको भन्दै एकले अर्कोलाई आरोप समेत लगाएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एक अर्कोलाई कटाक्ष, #चालू अधिवेशन अन्त्य, #प्रमुख सचेतक रमेश लेखक, #संघीय संसद्का
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्