मंगोलीयामाथि नेपालको ८ विश्व रेकर्ड, नेपालको किर्तिमानी जितमा आधा दर्जन बढी रेकर्ड !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगोलियामाथि किर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी एसीयन गेम्समा नेपालले २ सय ७३ रनको सानदार जित हासिल गरेको हो । नेपालको जितमा कुशल मल्लले किर्तिमानी शतक प्रहार गरे भने दीपेन्द्रसिंह एंैरीले किर्तिमानी अर्धतक प्रहार गरे । नेपालले मंगोलीयाविरुद्ध टि–२० मा सर्वाधिक ३ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मंगोलीया ४१ रनमा अलआउट भएको थियो । नेपालले एकै खेलमा ८ विश्व रेकर्ड आफ्नो नाममा गरेको छ ।
विश्व क्रिकेट इतिहासमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले नयाँ कोसेढुँगा पार गरेको छ । चीनमा जारी १९ औँ संस्करणको एसीयन गेम्समा नेपाली टोलीले मंगोलीयामाथि एकैसाथ आधा दर्जन विश्व रेकर्ड कायम गरेको हो । तुलनात्मक रुपमा कमजोर मानीएको मंगोलीयामाथि नेपालले २ सय ७३ रनको विश्व किर्तिमानी जित हात पारेको हो । पहिला ब्याटिङ गरेको नेपाली टोलीले २० ओभरमा ३ विकेटको क्षतीमा विश्व किर्तिमानी ३ सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मंगोलीयाले १३ दशमलव १ ओभरमा ४१ रन मात्रै बनाउन सक्यो । टि–२० आईमा मंगोलीयामाथि नेपालले हासिल गरेका ८ विकश्व रेकर्ड ।
उच्च स्कोर
नेपाली टोलीले मंगोलीयामाथि टी २० क्रिकेटमा सबैभन्दा धेरै रनको विश्व कीर्तिमान रेकर्ड आफ्नो नाममा बनायो । पहिले ब्याटिङ गरेको नेपालले मंगोलियाविरुद्ध बताएको ३ सय १४ रन नौलो रेहर्ड हो ।यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २ सय ७८ रनको सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको थियो ।
सर्वाधिक उच्च स्कोर जित
मंगोलीयामाथि किर्तिमानी जित दर्ता गर्ने क्रममा नेपाली टोलीले २ सय ७३ रनको उच्च स्कोरका साथ विश्व किर्तिमान हासिल गरेको छ । टि–२० क्रिकेटको इतिहासमै नेपालले सर्वाधिक उच्च स्कोरको जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात पारेको थियो । त्यस्तै क्यानडाले सन् २०२१ मा पानामामाथि २ सय ८ रनको फराकिलो जित हात पारेको थियो ।
कुशलको शतकमा कीर्तिमान
नेपालका अलराउन्डर कुशल मल्लले टि–२० आईमा कम बलमा शतक पुरा गर्ने विश्व रेकर्ड आफ्नो नाममा गरेका छन् । ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेलेका कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि–२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् ।
यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक पुरा गर्नेमा साउथ अफ्रिकाका डेविड मिलर ३५ बलमा विश्व रेकर्ड आफ्नो नाममा गरेका थिए । उनले बंगलादेशविरुद्ध उक्त सफलता हात पारेका थिए । त्यस्तै भारतका रोहित शर्मा र चेक रिपब्लिकनका सुदेशविक्रम शेखरले समान ३५ बलमा शतक प्रहार गरेको इतिहास छ ।
दिपेन्द्रको अर्धशतकमा कीर्तिमान
नेपाली टोलीका भरपर्दा अर्का अलराउन्डर दिपेन्द्रसिंह ऐरीले टि२० आईमा कम बलमा अर्धशतक पुरा गर्ने विश्व रेकर्ड आफ्नो नाममा लेखाएका छन् । दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेका हुन् । १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहेका थिए । उनी कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने संसारकै पहिलो खेलाडी बनेका छन् । यसअघि भारतीय ब्याटर युवराज सिंहले टि२० आईमा २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए ।
तेस्रो विकेटका लागि सर्वाधिक लामो साझेदारी
नेपाली खेलाडीले मंगोलीयामामाथि तेस्रो विकेटका लागि सर्वाधिक लामो साझेदारीको रेकर्ड समेत आफ्नो नाममा लेखाएका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले १ सय ९३ रनको साझेदारी इनिङ खेलेका हुन् । पौडेल र मल्लको शतकीय साझेदारी नै टी २० आईको सर्वाधिक लामो साझेदारी हो । यसअघि न्युजिल्याण्डका डेभन कन्भेय र ग्लेन फिलिप्सका नाममा यो रेकर्ड रहेको थियो । फिलिप्स र कन्भेयले वेष्ट इन्डिज विरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए ।
सर्वाधिक रन रेट
नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५ दशमलव ७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८र३ बनाउने क्रममा १३ दशमलव ९ को रन रेट कायम गरेको थियो ।
सर्वाधिक छक्का
नेपालको नाममा अर्काे रेकर्डमा सर्वाधिक छक्का रहेको छ । ३ सय १४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का प्रहार गरेका थिए । यसअघि यो रेकर्ड ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेर बनाएका थिए ।
स्ट्राइक रेटमा ऐरीको कीर्तिमान
अलराउन्डर ऐरीको नाममा अर्काे नयाँ रेकर्ड पनि कायम भयो । उनले १० बलमा अविजित ५२ रन बनाउदा स्ट्राइक रेट ५२० रहृयो । यसअघि १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध वेष्ट इण्डिजका डवेन स्मिथले मात्र ७ बलमा २९ रन जोड्दै ४१४ दशमलव २८ को स्ट्राइक रेटको कीर्तिमानी कायम गरेका थिए । समुहचरको एक खेल अगावै नेपालको क्वाटरफाइनल सम्भावन बलियो बनेको नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने नेपाललाई एसियाडमा पदकको दाबेदार टोलीको रुपमा हेरिएको छ । एसीयन्स गेम्सको पुरुष क्रिकेटतर्फको उद्घाटन खेलमा मंगोलीयामाथि कीर्तिमानी प्रदर्शन गरेको नेपालले आगामी खेलमा कस्तो खेल कौशल देखाउला ? क्रिकेटपे्रमी प्रतिक्षामा छन् ।
क्याटेगोरी : खेलकुद, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपालको ८ विश्व रेकर्ड
तपाईको कमेन्ट लेख्नुहोस्