गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाको आयोजनामा सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तथा गोएमएल सम्बन्धी तालिम बुधवार सम्पन्न भएको छ । सम्पत्ति शुद्धीकरण निवारणको विषयमा सहकारी संस्थाको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ भएका प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना तथा शंकास्पदरसीमा कारोबार विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरेको शाखा प्रमुख रमा घिमिरेले जनकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी सदस्य केन्द्रित व्यवसाय भएकाले आफ्ना सदस्यहरूको व्यवसाय प्रवर्द्धन र विकासका लागि बैंकले पनि वित्तीय सेवासँगै तालीम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका थिए ।
गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारी विभागले पहिलो पटक २०७७ पुसमा निर्देशन जारी गरेको स्मरण गर्दै त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा गत साउन २२ गते विभागले पुनः दोस्रो पटक निर्देशन जारी गर्दै गोएमएल सिस्टममा आबद्ध भई रिपोर्टिङ गर्न सहकारी संघ तथा संस्थाहरुलाई निर्देशन जारी भएअनुसार सदस्य सहकारी संघ संस्थाहरुको सहजताको लागि तालिम प्रभावकारी हुने कुरामा जोड दिए ।
कार्यक्रममा लगनखेल शाखा कार्यालय अन्तर्गतका विभिन्न सहकारी संघ संस्थाबाट ५५ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दहालले गरेका थिए । तालिमको समापनमा बोल्दै बैंकका सञ्चालक रामहरि बजगाईँले १० करोडभन्दा बढी कारोबार भएका सहकारी संस्थाहरुले राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सञ्चालनमा ल्याएको गोएमएल प्रणालीमा सहकारी संस्थाहरुआवद्ध हुनु पर्ने बताएका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्