Techie IT
  • ११ असोज २०८०, बिहीबार
KhojPatrika

टिआरसी बिद्येयकमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डको दौडधुप !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनमा एमालेका अध्यक्ष ओलीको सहयोग मागेका छन् । जवाफमा अध्यक्ष ओलीले असहयोग गर्ने आफूहरुको चाहना नरहेको बताएका थिए ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन विधेयक विगतको भन्दा सकारात्मक रहेको भन्दै ओलीले ‘थप सुधारका लागि तयार हुनुपर्ने’ पनि बताए । संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने सन्दर्भमा खुला छलफल गर्न तयार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलको सहयोगमा मात्रै विधेयक अगाडि बढाउने चाहना रहेको बताएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरी प्रतिवेदन पेश गर्न गठित उपसमितिको म्याद ७ दिनका लाथि थप गरिएको छ । मंगलवार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सो उपसमितिको म्याद ७ दिनका लागि थप गरेको हो । उपसमितिले थप गरिएको समयसीमाभित्र पनि कार्यसम्पादन गर्न नसकेपछि पुनः समयसिमा थप गरिएको हो ।

त्यसैगरी बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको अध्ययन गर्नका लागि पनि उपसमिति बनाएको छ । सो उपसमितिलाई १५ दिनको समयसिमा दिइएको छ । उपसमिति सदस्यहरु भने दलिय आधारमा प्रतिनिधित्व हुनेगरी दलसँग नाम मागेर चयन गरिने समिति सभापति बिमला सुवेदीले बताइन । समिति सदस्यहरुले दुवै उपसमितिले आफुले पाएको समयसिमा भित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष तपबहादुर मगर, सदस्यहरु डा। सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको मानव अधिकारको अवस्था, मानवअधिकार आयोगको नयाँ ऐन निर्माण र मानवअधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

 


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्