लुम्बिनीमा शंकर र विष्णु गुटबिच कुरा नमिल्दा चुनाव

काठमाडौं । संसदको दोस्रो ठुलो दल नेकपा एमालेभित्र गुटगत राजनीति छताछुल्ल भएको छ । एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिबेसनमा नेतृत्वको लागि चुनाव भएपछि गुटगट राजनीति छताछुल्ल भएको हो । अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएको भएपनि अन्तिममा चुनाव नै भएको हो । कुनै समय अध्यक्ष केपी शर्मा ओली पार्टीमा जे भन्यो त्यहि लागु हुने गरेको थियो । अहिले भने ओली विरुद्ध नै पार्टी भित्र मोर्चा बनेको देखिएको छ । जसले ओली दबाबमा परेका छन् ।
केपी शर्मा ओली अध्यक्ष रहेको दल नेकपा एमाले भित्र पछिल्लो समय गुटगट राजनीति हाबी हुन थालेको छ । अध्यक्ष ओलीको विकल्प खोजी भइरहेका बेला गुटगट राजनीति हावी हुँदै गएको हो । अध्यक्ष ओलीको उमेर र शारिरिक अवस्था कमजोर बन्दै गइरहेको र आगामी महाधिबेसनमा नयाँ नेतृत्वले पार्टी सम्हाल्नुपर्ने अवस्था आउने सम्भावना रहेकोले एमालेमा दोस्रो तहका नेताहरु गुटबन्दीमा लागेका हुन् । चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनपछि एमालेले सातै प्रदेशमा अधिवेशन सुरु गरिरहेको छ ।
लुम्बिनीबाट सुरु भएको एमालेको प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि सहमति नहुँदा चुनाव गर्नु परेको छ । पार्टीको भावी नेतृत्वमा जान अहिलेदेखि नै नेताहरु प्रदेश अधिवेसनबाटै गुटको तयारीमा लागेका हुन् । भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्र्तगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच सहमतिको नहुँदा चुनावको बाटो रोज्नु परेको हो । जहाँ कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका रहेका छन् ।
केन्द्रीय नेताहरुको बलमा लुम्बिनी अधिबेसन नेतृत्व चुनावी मैदानबाट चयन गर्नु परेपछि अध्यक्ष ओलीलाई दबाब बढेको हो । पछिल्लो समय अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर पार्टी भित्र आलोचना भढिरहेका बेला लुम्बिनी नेतृत्व चयन चुनावी प्रतिष्पर्धाबाट हुने भएपछि ओलीलाई दबाब बढेको हो । यस्तोमा लुम्बिनी प्रदेशको राजधानी बुटबलबाट दाङ सारिएपछी महासचिव पोखरेल र उपाध्यक्ष पौडेल वीच सम्बन्ध त्यति निकट छैन् । जसको परिणाम प्रदेश अधिबेसनमा देखिएको छ ।
त्यसो त एमालेभित्र ओलीको विकल्पका रुपमा दुई पटक राष्ट्रपति बनेकी स्वर्गीय मदन भण्डारी धर्मपत्नी विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा भइरहेको छ । त्यसैका वीचमा एमालेमा नेतृत्व चयनका लागि चुनावी बाटो रोज्नुपर्ने बाध्यताले अव एमाले ओलीको विकल्प नजिक रहेको आँकलन गर्न थालिएको छ ।
यसअघि चितवनको नारायणी नदि किनारमा भएको एमालेको १० राष्ट्रिय महाधिबेसनमा अध्यक्ष ओलीविरुद्ध तत्कालिन उपाध्यक्ष भिम रावल प्रतिष्पर्धी बनेपछि ओलीले रावललाई राजनीति स्पेस दिन छाडेका थिए । तर यतिबेला चौचर्फी ओलीको कार्यशैलीको आलोचना बढेपछि ओली रावल नजिक हुन थालेका छन् । राष्ट्रिय राजनीतिमा समेत ओली भुकिका कमजोर भनिरहेका बेला पार्टी भित्र गुटबन्दी सुरु भएको हो । अध्यक्ष ओलीले यसलाई कसरी समाधान गर्लान् त्यो भने हेर्न बाकी छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्