Techie IT
  • ११ असोज २०८०, बिहीबार
KhojPatrika

माओवादी नेताहरुलाई छोरा जोगाउन मुस्किल, किन तानिदैछन् एकपछि अर्को अनुसन्धानमा


काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुका छोराहरु एकपछी अर्को गर्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीको निगरानीमा पर्न थालेका छन । सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परिसकेका छन् । यता सुन प्रकरणमै पुर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनमाथि पनि सिआइबीले अनुसन्धान सुरु गरेको छ ।

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका प्रभाबशाली नेताका छोराहरुमाथी प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान तिब्र बनाएको छ । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा एकसाताअघि मात्रै पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराका छोरा राहुल महरा पक्राउ परेका थिए ।

यता ६१ किलो सुन तस्करी प्रकरणमा पुर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनमाथी पनी सिआइबीले अनुसन्धान सुरु गरेको छ । तस्करीमा कनेक्सन देखिएपछि उनलाई अनुसन्धानमा तानिएको बताइएको छ । दिपेशलाई आइतबार सीआइबीमा बोलाएर सोधपुछ गरिएको थियो । उनको संलग्नता पुष्टि भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने जानकारी बाहिरीएको छ । दिपेश माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव हुन् ।

गत हप्ता पक्राउ परेका राहुल महरा विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा सलंग्न भएको बताइएको छ । गतवर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटकपटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन । तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो ।

अहिले पनी प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुर्वसभामुखलाई भने उन्मुक्ति दिन खोजेको आरोप लाग्दै आएको छ । तर प्रधामन्त्री दाहाल भने भ्रष्टाचारमा संग्लग्न कसैलाई पनी नछोड्ने बताउदै आएका छन । पछिल्लो समय माओवादी पृष्ठभुमिका प्रभावशाली नेताका छोराहरु भ्रष्टाचार, तस्करी र अपराधमा संग्लग्न भएको भन्दै चर्को आलोचना हुदै आएको थियो । माओवादी पृष्ठभुमिका तर एमालेका निलम्बित सचिब टोपबहादर रायमाझी र उनका छोरा सन्दीप रायमाझी अहिले पूर्पक्षका लागि कारागारमा छन ।

यता माओवादी नेतृत्वको सरकारले सुशानको नारा लगाएपनी माओवादी नेताहरुनै भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आएको छ । माओवादी पार्टी भ्रष्टाचारकै कारण लोप भएर जाने कम्युनिष्ट नेता ऋषि कट्टेल बताउछन । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले नक्कली भुटानी शरणार्थी प्रकरणदेखी सुन तस्करी प्रकरण र ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरीरहेको छ ।

ललिता निबास जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न नपर्ने निर्णय सिआइबीले यसअघि नै गरिसकेको छ । सुन तस्करी प्रकरणमा भने माओवादी केन्द्रका प्रभाबशाली नेताका छोराहरुमाथी सिआईबीले अनुसन्धान तिब्र बनाएको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्