कोशी प्रदेशका मुख्यमन्त्री थापाको विश्वासको मतको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालतमा दर्ता गरर्को मुद्दाको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ।
बुधबार नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।
एमालले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएको छ। रिट निवेदनमा गैरसंवैधानिक रुपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गर्न अन्तरिम आदेश माग गरिएको छ।
सोमबार प्रदेशसभाका सभाध्यक्ष इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई मत दिएका थिए । न्यायाधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ । यसअघि पनि कोशी प्रदेशमा तत्कालीन सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर बुझाएर मुख्यमन्त्री थापाले नियुक्ति लिएको भन्दै एमाले सर्वोच्च अदालत गएको थियो।
अदालतले सभामुखले कोही कसैलाई पक्ष विपक्ष भनी हस्ताक्षर गर्न नपाइने आदेश दिएपछि मुख्यमन्त्री थापाले सभामुख गौतमलाई राजीनामा गराई पुन विश्वासको मत लिएका हुन्।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्