प्याजको मूल्य फेरि बढ्यो, प्रतिकेजी ७५ देखि ८० रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्यााजको मूल्य तोकेको छ । सोमबारदेखि बढेको प्याजको मूल्य समितिले मंगलबारदेखि दैनिक रुपमा सार्वजनिक गर्ने मूल्य सूचीबाट प्याजलाई हटाएको थियो भने, आज दुई दिनपछि समितिले दैनिक मूल्य सूचीमा प्याजको मूल्य तोकेको हो ।
आइतबारसम्म ६१ रुपैयाँ प्रति केजी रहेको प्याजको मूल्य सोमबार बढाएर न्युनतम ७५ रुपैयाँ प्रतिकेजी र अधिकतम ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको थियो । बजारमा प्याज समाप्त भएपछि समितिले मंगलबारदेखि दैनिक रुपमा सार्वजनिक गर्ने मूल्य सूचीबाट प्याजलाई हटाएको थियो । आज दुईदिनपछि समितिले दैनिक मुल्य सुचिमा प्याजको मुल्य तोकेको छ ।
आज समितिले राखेको मूल्यसूचीमा भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ७५ रुपैयाँ र अधिकतम मूल्य ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि नेपालमा व्यापारीले प्याज आयात रोकेका थिए । आजदेखि कालिमाटीमा प्याजको आयात सुरु भएको समितिका कर्यकारी निर्देशक डाल प्रसाद पुडासैनीले बताए । रोकिएको आयात आजदेखि खुलेको उनले बताए । यसअघि नेपालले पनि प्याजमा भन्सार बढाएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्याजको मूल्य, #बजार विकास
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्