सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश !
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने जिल्ला अदालतको काठमाडौंको आदेशपछि शर्मा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिल कार्यालयलाई शर्मालाई थुनामा राख्न नपर्ने आदेश गरेको हो ।
जिल्ला न्यायाधीश दण्डपाणी शर्माले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् । अदालतको आदेशपछि प्रहरी हिरासतममा रहेका शर्मा रिहा भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले शर्मालाई बिहीबार पक्राउ गरेको थियो ।
नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्माबाहेक अन्य पाँच जना चिकित्सकलाई भने ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिसोध साँध्न सांसद शर्मालाई पक्राउ गरेको भन्दै कांग्रेस संसदीय दलको बैठकमा चर्को आलोचना भएको थियो ।
सांसदहरु आरजु राणा देउवा, डाक्टर चन्द्र भण्डारी र श्याम घिमिरेले सांसद शर्मालाई पक्राउ गर्नु गलत रहेको बताएका थिए । कांग्रेसबाहेक एमाले सांसद ज्वालाकुमारी शाहले समेत शर्मालाई पक्राउ गर्नु गलत रहेको संसद बैठकमा बताएकी थिइन् । एकसयकिलो सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएका शर्मा पक्राउ परेपछि एमालेले समेत पक्राउको विरोध गरेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #शर्मा रिहा, #सुनिल शर्मालाई थुनामा राख्न
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्