भारतमा नरेन्द्र मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव असफल

काठमाडौं । भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ । बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो ।
सरकारले विश्वासको मत पाएसँगै संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले लोकसभा सदस्य अधिररञ्जन चौधरीलाई निलम्बनको प्रस्ताव अघि सारेका छन् । विपक्षी गठबन्धनले मणिपुरमा भएको दुःखद घटनालाई लिएर मोदी सरकारमाथि अविश्वासको प्रस्ताव पेश गरेका थिए ।
प्रधानमन्त्री मोदीले उक्त प्रस्तावको छलफलमा विपक्षी गठबन्धनमाथि कडा प्रहार गरे । ‘मलाई आशा छ, सन् २०२८ मा अविश्वास प्रस्ताव ल्याउँदा विपक्षी गठबन्धनले अलि बढी तयारी गर्नेछ’, उनले भने ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्