के बोल्न नपाएकै हुन् त उपसभामुख राणा ? विभेदको कुरा किन उठाइन्छ बारम्बार !

काठमाडौं । उपसभामुख इन्दिरा राना मगर पछिल्लो समय पदिय मर्यादा भुल्दै विभिन्न टिकाटिप्पणी गर्दै आएकी छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा त उनीले आफू जनजाति भएकोले बोल्नै नदिएको अच्चमको भाषण गरिन । जनताको मुद्धामा आफूलाई बोल्न नदिइएको र विभेद गरिएको दावी गर्दा आफू प्रतिनिधिसभाको उपसभामुख हुँ भन्ने समेत भुलेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बन्दै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएकी इन्दिरा राना मगर पछिल्लो समय आफ्नै अभिब्यक्तीले विवादमा तानिदै आएकी छन् । ब्यवस्थापिकाको उपसभामुखको कुर्सिमा बसेर रानालेसामाजिक तथा जातिय द्धन्द्ध फैलिने खालका अभिब्यक्ति दिइरहेकी छन् । यसअघिसेवा सुविधा कम भयो भाडा तिर्न नै गाह्रो भयो भन्दै विभेद गरेको आरोप लगाएकी थिएन ।
बुधबार अन्तराष्ट्रिय आदिबासी जनताती दिवसको कार्यक्रममा पुगेकी उपसभामुख राणाले आफू जनजाति भएकै कारण बोल्न नपाएको गुनासो गरिन । प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको भन्दै देशमा सुशासन नभई कुशासन भएको जिकिर गरिन । उपसभामुख रानालेजनताको मुद्धमा आफू बोल्न नपाएको भन्दै उप चुप भन्दै आफूलाई बोल्न संविधानमा कही नरोकेको उनको जिकिर छ ।
उनी त्यतिमा मात्रै रोकिएनिन् आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ?भन्दै जातिय द्धन्द्ध फैलाउने खालको प्रश्न समेत गरिन । रानाले उपसभामुखको मर्यादा भन्दा माथि उठेर गैरजिम्मेवार अविव्यक्ति दिइरहेकी दिइरहँदा आफ्नो पदिय मर्यादाको सामान्य हेक्का समेत राख्न सकिरहेकी छैनन् ।
यसअघि राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको टिप्पणी गरेकी थिइन् । रानाले पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको भन्दै आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाएकी थिइन् । त्यसो त संविधानले ब्यवस्था गरेअनुसार रानामगरले प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने जिम्मेवारी पनि पाइरहेकी छन् ।
संविधानले ब्यवस्था गरे अनुसार सेवा सुविधा समेत पाहिरहेकी छन् । तर, चर्चामा आउन विभिन्न खालको फण्डा अपनाइरहेकी रानाले पदिय मर्यादाको समेत खिल्ली उडाइरहेकी छन् । सभामुख, उपसभामुख दलीय पद होइन । निर्वाचित भएपछि दलबाट राजीनामा दिने कानुनी ब्यवस्था नै छ । तर, दलीय नेतृको हैसियत उपसभामुखले किन खोजिरहेकी छन् भन्ने प्रश्न उब्जिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #इन्दिरा राना मगर, #उपसभामुख राणा, #बोल्नै नदिएको अच्चमको भाषण
तपाईको कमेन्ट लेख्नुहोस्