कसरी भए माओवादीका प्रिय मान्छे ल्हारक्याल लामा ? लुम्विनी विकास कोषको उपाध्यक्ष प्रचण्डको रोजाई !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुटुक्क लुम्विनी विकास कोषको उपाध्यक्षमा ल्हार क्याल लामालाई नियुक्त गरेपछि यतिवेला यसले चर्चा पाएको छ । कुनै वेला प्रचण्डले लुम्विनीको अशोक स्तम्भ वेचेर खाइदिने, अभिव्यक्ती दिएका लामाले अहिले उनै प्रचण्डलाई आफ्नो पक्षमा कसरी पार्न सफल भए त ? करिव डेढ बर्षपछि वसेको माओवादी केन्द्रिय समितिको वैठक आइतवार सकियो ।
वैठकले भदौ देखि रुपान्तरण अभियान चलाउने निर्णय गरयो । तर,आइतवार मध्यान्ह पछि नै खवर आयो–ल्हार क्याल लामालाइ लुम्विनी विकास कोषको उपाध्यक्ष वनाइयो भनेर । यो खवर सुन्ने वित्तिकै माओवादी युवा नेता लेखनाथ न्यौपानेले सामाजिक सञ्जालमा लेखे–रुपान्तरण अलि ढिला होला भनेको लुम्विनीबाट सुरुवात भइसकेछ ।
विवाद र ल्हार क्याल लामा–एक अर्काका परिपुरक जस्तै हुन । वौद्ध भिक्षु भएर पनि डा.ल्हारक्याल लामा संविधानसभा सदस्य देखि दस दिनको लागि अर्थराज्य मन्त्री समेत भए तर उनको विवादस्पद छविकै कारण लामा कहि पनि टिक्न भने सकेका छैन । तर सत्ता र शक्तिको आडमा उनी वारम्वार शक्ति हत्याउन भने सफल भएका छन ।
कांग्रेस नेता खुमवहादुर खडकाको आडमा गुम्वा ब्यवस्थान समितिको नेतृत्व लिएदेखि राजनीति,शक्ति र विवाद उनको पर्याय भएको छ । झलनाथ खनाल सात महिनो प्रधानमन्त्री हुदा पार्टी भित्रैबाट तत्कालिन लुम्विनी अञ्चलबाट समावेशी वनाउन अर्थराज्य मन्त्रीको रुपमा पार्टी नेता मोदनाथ प्रश्रितका पुत्र डा.विजय पौडेललाइ वनाउने तय भयो । तर कांग्रेस छाडेर एमाले तिर लागिसकेका लामाले पौडेललाइ पछि पारेर अर्थराज्यमन्त्री पडकाए ।
यसपछि एउटा सार्वजनिक समारोहमा नै प्रश्रितले छोरालाइ मन्त्री नवनाएको झोंकमा खनाललाइ झलनाथ नभनी झल्लु भनिदिए । यहि विवाद चर्किदै जादा लामाले दस दिनमा सरकार छाडनु परयो । उनीसंग दोहोरो नागरिकता रहेको,वैंक लकरमा सुन चादी भन्दा बढी गोली रहेको पत्ता लागेपछि उनी मन्त्रीबाट निकालिए । यसपछि बर्षौंसम्म ओझेलमा परेका लामा हाल माओवादीको केन्द्रिय समितिका सदस्य छन तर उनलाइ नै अचानक लुम्विनी विकास कोषको उपाध्यक्ष वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पशुपतिमा वडारकुडार गरेर चर्चामा आइरहेका मन्त्री सुदन किरातीले वनाएपछि फेरि ववण्डर मच्चिएको छ ।
मध्य बर्षामा बाढीको भन्दा चर्चा ल्हारक्याल लामाको छ । कतिसम्म भने कुनै वेलाका पत्रकार र हाल एमालेका सांसद रहेका रघुजी पन्तले त मलाइ लाज लाग्यो भन्ने अभिब्यक्ति दिएका छन । कुरा केवल नेकपा एमालेको मात्र होइन,माओवादी केन्द्रकै सांसद तथा युवा नेताहरुले पनि लज्जित भएको अभिब्यक्ति दिन थालेका छन । सामाजिक सञ्जाल उनकै विरुद्धका अभिब्यक्तिले रंगिएका छन । तर कुरा यति मात्र होइन,सोमवार देखि यो भन्दा पनि गम्भीर कुरा सार्वजनिक भएको छ ।
कुनै बेलामा उनै लामाले हालका प्रधानमन्त्री र उनका पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाइ दिएको अत्यन्त आपत्तिजनक अभिब्यक्ति अहिले चर्चाको शिखरमा छन । उनले सार्वजनिक समारोहमा नै प्रचण्डले एकदिन लुम्विनीको अशोक स्तम्भ नै वेचेर खाइदिइन्छन भनेका थिए । आफनो विरुद्ध यतिसम्मको अपत्यारिलो र लज्जाजनक अभिब्यक्ति दिने लामालाइ नै स्वयम प्रचण्डले यतिवेला लुम्विनी विकास कोषको उपाध्यक्ष वनाएका छन । त्यसो भए के प्रचण्ड सच्चिए ? के उनले अब अशोक स्तम्भ वेचेर खादैनन ? वा लामा सच्चिएर वाल्मिकी भए ?
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रचण्ड ल्हारक्याल लामा, #प्रचण्डले सुटुक्क, #ल्हारक्याल लामा
तपाईको कमेन्ट लेख्नुहोस्