माओवादीको केन्द्रीय समिति बैठकमा उपमहासचिवद्धय जनार्दन र बर्षमानको एकै स्वर !

काठमाडौं । चार दिन देखी काठमाडौमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटि बैठकमा केन्द्रिय सदस्यहरुले समसामयिक बिषयमा धारणा राखिरहेका छन । शनिबार चौथो दिनको बैठकमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले प्रचण्डसँग गुनासो पोखेका छन । आफूले अध्यक्ष प्रचण्डलाई असहयोग नगरेको र प्रचण्डको बिकल्प पनी नखोजेको शर्मा र पुनले प्रस्टीकरण दिएका हुन् । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा चार दिन देखी जारी छ । बैठकमा केन्द्रिय सदस्यहरुले समसामयिक बिषयमा धारणा राखेका छन ।
बैठकको चौथो दिन शनिबार पदाधिकारीहरुले पनि आफ्नो भनाई राखेका छन् । त्यसक्रममा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले अध्यक्ष प्रचण्डमाथी गुनासो पोखेका छन् । पछिल्लो समय पार्टी अध्यक्ष प्रचण्डसँग सम्बन्ध राम्रो नभएको भन्ने शंकालाई बल पुग्ने गरी शर्मा र पुनले केन्द्रिय कमिटि बैठकमा प्रचण्डमाथी गुनासो पोखेका हुन् । कुनैबेला अध्यक्ष प्रचण्डको अति प्रिय मानिने जनार्दन र बर्षमान पछिल्लो समय प्रचण्डसँग टाढिदै गएको आशंका माओवादीभित्र छ ।
प्रधानमन्त्री समेत रहेका प्रचण्डले एक कार्यक्रममा जनार्दन र बर्षमानलाई लक्षित गर्दै आफुलाई रैथाने माओवादी भन्नेहरुले सरकारलाई सहयोग नगरेको आरोप लगाएका थिए । त्यसपछी अध्यक्ष प्रचण्ड र उपमहासचिबद्वय जनार्दन र बर्षमान बिच दुरी बढेको माओवादी बृत्तमा चर्चा चलेको थियो । केन्द्रिय समितिको बैठकमा यो बिषयमा प्रष्टिकरण दिदै जनार्दनले आफुले प्रचण्डलाई असहयोग नगरेको बताएका हुन । त्यस क्रममा उनले अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेको बताएका थिए ।
माओवादी केन्द्र भित्र पछिल्लो समय नेतृत्व परीबर्तनको मुद्धा जोड तोडले उठेको थियो । उपमहासचिब द्वयको इसारामा पार्टी नेतृत्व परीबर्तनको मुद्धा उठेको स्वयम माओवादी नेताहरुले बताउने गरेका थिए । तर केन्द्रिय समितिको बैठकमा प्रष्टिकरण दिदै उपमहासचिब पुनले आफुहरुले प्रचण्डको बिकल्प नखोजेको बताएका छन । पार्टीको आन्तरिक बिबाद सँगै सनिबारको बैठकमा केन्द्रिय सदस्यहरुले सुन प्रकरणको बिषयमा पनी आवाज उठाएका थिए ।
अधिकांस केन्द्रिय सदस्यहरुले भ्रष्टाचार र सुन प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न माग गरेका छन । त्यसो त सुन प्रकरणमा नाम मुछिएका माओवादी नेताहरुले बैठकमै आफुहरु माथी छानबिन गर्न माग गरेको बताइएको छ । बैठकमा बोल्ने क्रममा उपमहासचिब पुनले आफुमाथी छानबिन गर्न सरकारलाई आग्रह गरेको केन्द्रिय सदस्य राम कुमार शर्माले बताए । माओवादी केन्द्रको बैठकमा सुन तस्करी प्रकरणमा संलग्न माओवादीकै नेताहरु भएपनि छानविन गरेर कारबाही गर्नुपर्ने एजेण्डा अघि सारेका छन् । अझै केन्द्रीय सदस्यहरुले बोल्ने क्रम चलिरहेकाले माओवादी केन्द्रको केन्द्रीय कमिटिको बैठक केही दिन लम्बिने देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जनार्दन, #बर्षमान, #माओवादी केन्द्रको केन्द्रिय
तपाईको कमेन्ट लेख्नुहोस्