Techie IT
  • ५ असार २०८१, मंगलबार
KhojPatrika

माओवादीमा विप्लव प्रवेशको हल्लाले पाटीमा हलचल ! टाढिएका जनार्दन–बर्षमान कसरी भए नजिक ?


काठमाडौं । नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग उपमाहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन असन्तुष्ट छन् । अध्यक्ष दाहाल पछिल्लो समय नेकपामा महासचिब नेत्रविक्रम चन्द ‘विप्लव’सँग नजिकिदा उपमहासचिबद्वय शर्मा र पुन टाढिन थालेका छन् । प्रचण्डले विप्लवलाई पार्टीको महासचिव बनाउने तयारी गरेका बेला शर्मा र पुन असन्तुष्ट बनेका हुन् ।

कुनैबेला नेकपा माओवादी केन्द्रभित्र एक अर्काको आलोचक रहेका उपमहासचिबद्वय जनार्दन शर्मा र बर्षमान पुन अहिले एउटै बाटोमा छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पेलानमा परेका उपमहासचिबद्वयलाई अहिले एउटै बाटो हिड्ने बाध्यता आईलागेको हो । प्रचण्डले नेत्रबिक्रम चन्द विप्लवलाई काखि च्यापेपछी भविष्यमा माओवादी केन्द्रको नेतृत्व हाक्ने सपना बोकेका शर्मा र पुन असन्तुष्ट छन् । उनीहरुले सार्वजनिक मञ्चबाटै प्रचण्डमाथी असन्तुष्टि पोखिरहेका छन ।

माओवादी केन्द्रभित्र अहिले नेकपासँग एकता हुने र बिप्लप महासचिव बन्ने चर्चा चलेको छ । हुनपनि पछिल्लो समय प्रचण्ड र विप्लव एक अर्काको प्रशंशा गर्दै हिडिरहेका छन । जसका कारण पनी प्रचण्डले बिप्लवलाई पार्टीको महासचिव बनाउने तयारी गरेको आशंकामा बल पुगिरहेको छ । बिप्लवसँग एकता गर्ने चर्चाले अहिले माओवादी केन्द्र तरंगित छ । यो तरंगले माओवादीभित्र लामो समयसम्म प्रतिस्पर्धी सम्बन्ध रहेका दुई उपमहासचिव शर्मा र पुनलाई नजिक ल्याइरहेको छ ।

पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले दिइरहेका अभिव्यक्तिले उनिहरु चिढिएका छन् । उपाध्यक्ष कृष्णबहादुर महरामार्फत् नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भित्र्याउन गरिएको पहल र अरू नयाँ तथा पुराना पार्टीहरूले उनीहरूको संगठन निर्माण तथा विस्तारमा गरिरहेको मेहनतले पुन र शर्मा दुबैलाई पार्टीमा आफ्नो भविष्य के हुने हो भने झस्काएको विश्लेषक पिटर बताउँछन् ।

त्यसोत शर्मा र पुनकै विवादका कारण अध्यक्ष प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाएका थिए । यसअघि समेत माओवादी केन्द्रभित्र शर्मा र पुन समुहका बिचमा बेलाबेलामा टकराव देखिने गरेको थियो । अहिले भने अध्यक्ष प्रचण्डले पूर्वमाओवादीसहितका कम्युनिष्ट पार्टीहरुका बिचमा एकीकरण गर्ने प्रस्ताव अघि सारेको र त्यसकै क्रममा विप्लवलाई महासचिव बनाउने तयारी गरेपछि शर्मा र पुन दुबै मिल्ने लयमा देखिएका हुन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपमाहासचिवद्वय जनार्दन शर्मा, #नेकपामा माओवादी, #वर्षमान पुन

तपाईको कमेन्ट लेख्नुहोस्