सोबिता गौतम बनिन् ‘योङ पोलिटिसियन अफ द इयर २०२३’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य सोबिता गौतम यस वर्षको योङ पोलिटिसियन अफ द इयर बनेकी छन् । वान योङ वर्ल्डले विश्वभरीका १५ जना युवा राजनीतिज्ञको नाम सर्टलिस्ट गरेकोमा सोबिताले उक्त अवार्ड जितेकी हुन् ।
१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोबिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको थियो ।
भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डको दाबी छ। राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो ।
यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गरिनेमा सोबिता त्यसमध्ये एक चुनिएकी हुन् । अवार्डका लागि उनीसँगै विश्वभरका अन्य १४ हाइ प्रोफाइल युवा मन्त्री, सांसद, मेयरमा मनोनीत रहेका थिए ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्