सोबिता गौतम बनिन् ‘योङ पोलिटिसियन अफ द इयर २०२३’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य सोबिता गौतम यस वर्षको योङ पोलिटिसियन अफ द इयर बनेकी छन् । वान योङ वर्ल्डले विश्वभरीका १५ जना युवा राजनीतिज्ञको नाम सर्टलिस्ट गरेकोमा सोबिताले उक्त अवार्ड जितेकी हुन् ।
१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोबिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको थियो ।
भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डको दाबी छ। राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो ।
यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गरिनेमा सोबिता त्यसमध्ये एक चुनिएकी हुन् । अवार्डका लागि उनीसँगै विश्वभरका अन्य १४ हाइ प्रोफाइल युवा मन्त्री, सांसद, मेयरमा मनोनीत रहेका थिए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- २दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
- ३वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गर्दै इन्द्रजात्रा मनाइदैं
- ४भारतको मणिपुर फेरि अशान्त, कर्फ्यु लागू
- ५सुरक्षाको कारण देखाउदै पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सार्न आदेश
तपाईको कमेन्ट लेख्नुहोस्