ठेकेदारले किन मागे अर्थमन्त्रीको राजीनामा ?
काठमाडौं । ठेक्का सम्झौताको म्याद थप्नुपर्ने र समयमै भुक्तानी हुनुपर्ने मागसहित निर्माण व्यवसायीहरुले अर्थमन्त्रीको राजीनामा मागेका छन् । समयमै निर्माणको काम नगर्ने व्यवसायीहरुले उल्टै मन्त्रीको राजीनामा मागेका हुन् ।
निर्माण व्यवसायीको लापर्वाहीका कारण समयमै आयोजना पुरा हुन नसकेको भन्दै आलोचना भइरहेका बेला व्यवसायीहरुले भने सरकारकै आलोचना गरेका हुन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा निर्माण व्यवसायीहरूले कामको भुक्तानी नपाएको भन्दै धर्ना दिएका छन् ।
अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरूले पनि निर्माण व्यवसायीहरूले गरेका भुक्तानी नदिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । व्यवसायीहरुले असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
विरोध कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माणसम्बन्धी सम्झौतालाई सरकारले अस्वीकार गर्दै व्यवसायीले बजारबाट ऋण लिएर निर्माण सुरु गरे पनि सरकारले नतिरेको र निर्माण व्यवसाय ठप्प भएको बताए । उनले भुक्तानी गर्न नसकेका अर्थमन्त्रीको तत्काल राजीनामा माग समेत गरेका छन् ।
व्यवसायीले माइलस्टोनको व्यवस्था तत्काल खारेज गर्ने, मूल्य समायोजन तत्काल कार्यान्वयन गर्नुपर्ने, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तत्काल भुक्तानी गर्ने, निर्माण कार्यको म्याद थप गर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #निर्माण व्यवसायी, #भुक्तानी हुनुपर्ने
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्