थाइल्याण्डमा नयाँ प्रधानमन्त्री चयन गर्न असफल
काठमाडौं । थाइल्याण्डको संसद बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ ।
प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले सांसदहरूबाट बहुमत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री चयन हुन नसकेको हो ।
पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा पिता प्रधानमन्त्रीका लागि मनोनीत एकमात्र उम्मेदवार थिए । तर, उनको पक्षमा ३२४ मतमात्र परेको थियो । यो प्रधानमन्त्री बन्न आवश्यक ३७६ मतको साधारण बहुमतभन्दा कम थियो ।
सांसदहरूबीच घन्टौं लामो बहसपछि मतदान भएको थियो । थाइल्याण्डमा गत मे महिनामा भएको आमनिर्वाचनमा मुभ फरवार्ड पार्टी संसदको तल्लो सदनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, विदेश, समाचार, सामाजिक सञ्जाल
ट्याग : #थाइल्याण्डको संसद, #नयाँ प्रधानमन्त्री
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्