प्रचण्डले माफी मागेपछि खुल्यो संसदको अवरोध, रविले दिए सुझावै–सुझाव
काठमाडौं । संसदको गतिरोध अन्त्य भएको छ । प्रधानमन्त्रीको राजीनामा माग्दै नेकपा एमालेले गरिरहेको अवरोध प्रधानमन्त्रीले स्पष्टिकरण दिने सहमति जुटेसँगै गतिरोध हटेको हो । सोमबारको प्रतिनिधिसभाको बैठकमा समेत एमाले र राप्रपाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।
जवाफमा प्रधानमन्त्री दाहालले विपक्षीले राजीनामा मागेकै भरमा राजीनामा दिनुनपर्ने बताए । उनले आफुलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह भारत गएको विषयमा बोलेको अभिव्यक्ती प्रधानमन्त्रीको हैसियतमा बोल्न नहुने महशुश गरेको बताए । तर त्यसबारेमा संसदमा स्पष्टिकरण दिन खोज्दा संसद अवरुद्ध गरेकोमा भने एमाले लगातका दलको आलोचना गरेका छन् ।
भावनामा आएर बोलेको विषयमा प्रतिपक्षी दलहरुले धेरै उचालेर संसद अवरोध गरेको प्रधानमन्त्री दाहालको भनाई थियो । उनले आफुले बोलेको अभिव्यक्ती सच्याउँदै देश र जनताका पक्षमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको स्पष्टिकरणपछि प्रतिनिधिसभाको अवरोध हटेको छ । यता एमालेसँग मिलेर संसद अवरोधको आरोप खेपिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो छुट्टै हैसियत रहेको समेत बताएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्री, #प्रधानमन्त्रीको राजीनामा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्