Techie IT
  • १७ मंसीर २०८१, सोमबार
KhojPatrika

अच्चमको चोर, मर्निङ वाकमा ८ जनाको सुन गायव, प्रहरी नै चकित !


काठमाडौं । काठमाडौं उपत्यका निक्कै ब्यस्त शहर । चोक तथा बजारमा भएको भीडभाडमाकहाँ कतिबेला को लुटिन्छ पत्तै हुदैन । ब्यस्त अनि भीडभाड हुने स्थानमा चोरहरुको पनि उत्तिकै विगविगी छ । साँझपख वा बसमा यात्रा गर्दा लुटिएका घटना त सबैले सुनैको हो । तर, मर्निङ वाक गर्दा त्यो पनि श्रृखलाबद्ध सुनका सिक्री लुटिएको घटना सार्वजनिक भएको छ । असार १ देखि २० गतेसम्म काठमाडौंका विभिन्न स्थानमा हिडिरहेका महिलाको श्रृखलाबद्ध सुनको सिक्री चोरी भयो ।

प्रहरीमा उजुरी गर्न गएका महिलादेखि नै प्रहरी पनि आश्चार्यमा पर्यो । ८ जनाको सिक्री चोरी भएपछि प्रहरीले चोरहरुको खोजी गर्न अप्रशेन नै चलायो । महानगरीय अपराध महाशाखाको टोलीले उमेश क्षेत्री, रविन दमाइ, रविन विक र राहुल माझीलाई पक्राउ गरेको छ । उनीहरुको समूहले १ देखि २० असारसम्म काठमाडौंका विभिन्न स्थानमा ८ जनाको सिक्री लुटेको प्रहरीको दाबी छ । पहिलो घटना असार १ गते बिहान कपुरधारामा मर्निङ वाक् हिंडिरहेकी रमा पाण्डेले घाँटीमा लगाएको गहना २ जनाले लुटपाट गरे ।

अँध्यारो नै भएको बेलामा सीसीटीभी फुटेज हेर्दा २ जना आएको देखिन्थ्यो, तर पहिचान हुने अवस्था थिएन ।त्यही दिन टोखाको ग्राण्डी अस्पताल नजिक लुटपाट भयो । लुटपाटको शैली कपुरधाराकै जस्तो थियो भने सीसीटीभी फुटेजमा केटीएम ड्युक मोटरसाइकल र लुटपाटमा संलग्न व्यक्तिको थोरै हुलिया मात्र देखियो । असार ३ गते बिहान पौनी ५ बजेतिर नागार्जुन बुद्धचोक क्षेत्रमा दुई जनाको समूहले ५५ वर्षीया रेखा घिमिरेको घाँटीमा लगाएको गहना लुटपाट गरे । लुटपाट गर्नेहरु मोटरसाइकलमा आएका थिए ।

घटना लगत्तै प्रहरीले तत्काल हेरेको सीसीटीभी फुटेजमा लुटपाटमा संलग्न भएको व्यक्ति अघिल्ला घटनामा जस्तै हुडी लगाएका थिए । असार १३ गते टोखामै मोटरसाइकलमा आएका दुई जनाको समूहले मंगली माया डंगोलले घाँटीमा लगाएको गहना लुटे । यसमा पनि केटीएम ड्युक बाइक प्रयोग भएको सीसीटीभी फुटेजमा देखियो ।

१९ गते टोखामै मर्निङ वाकमा निस्किएकी ३४ वर्षीया गंगा राना मगर लुटपाटमा परिन् । उनले घाँटीमा लगाएको सुन सिक्री चोरिएको थियो । ‘यसमा पनि एउटै खालको शैली देखियो । छैटौं घटना चक्रपथको बगलामुखी क्षेत्रमा ६० वर्षीया कान्छी श्रेष्ठले लगाएको गहना लुटियो । २० गते टोखा ३ को शेर्पा पेट्रोल पम्प नजिक रिता श्रेष्ठ लुटपाटमा परिन् ।

सातौं घटनासम्म आइपुग्दा प्रहरीले एउटै व्यक्तिले एउटै शैली र एउटै उद्देश्यले लुटपाट गरिरहेको पत्ता त लगायो, तर अभियुक्तसम्म पुगेको थिएन । त्यहीदिन चागलमा अर्को लुटपाट भयो । बिहान तीन जनाको समूहमा मर्निङवाकमा हिंडिरहेकी सरस्वती डंगोलको सिक्री लुटपाट भयो । बिहान निकै उज्यालो भइसकेको समयमा भएको यो घटनामा भने प्रहरीले अभियुक्तसम्म पुग्नसक्ने गरी सीसीटीभी फुटेज मार्फत उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

राजधानीमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर श्रृङ्खलाबद्ध रुपमा सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न समूहका ५ जनापक्राउ गरेको प्रहरीले जनाएको छ । यी ८ वटै घटना विहान ५ देखि ६ बजेको बिचमा भएका थिए । समूह नै बनाएर चोरीका श्रृखलाबद्ध घटनाले सबैलाई झस्काइदिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अँध्यारो, #प्रहरी नै चकित, #सुन गायव

तपाईको कमेन्ट लेख्नुहोस्