अभिब्यक्तीका कारण प्रचण्ड आलोचित, गलत प्रचारले बबण्डर मच्चाएको आरोप !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको एक अभिब्यक्तीले अहिले नेपाली राजनीति तरगिंत छ । आफुलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली पुगेको भन्दै दिएको अभिब्यिक्तीले प्रधानमन्त्री प्रचण्ड आलोचित बनेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको छ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले राजनीनितिक वृत्त तरंगित बनेको छ ।
गत सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको अभिब्यक्ती दिएका थिए । उनको यो अभिब्यक्तीको बिपक्षी दलहरुले कडा आलोचना गरेका छन् । खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रचण्ड बिरुद्ध आक्रामक बनेको छ ।
प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको एमालेको ठहर छ । बुधबार संसदिय दलको बैठक बसेर एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको छ । आफ्नो अभिब्यक्तीको चर्को आलोचना हुन थालेपछी यता प्रधानमन्त्री प्रचण्डले पनी आफुलाई प्रधामन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको भन्ने विषयमा मुख खोलेका छन् । उनले सरदार सिंहले बोलेको कुरा आफुले स्मरण मात्रै गरेको प्रष्टिकरण दिएका छन् ।
यही बिषयलाई उचालेर बिपक्षी दलहरुले बबण्डर गर्न खोजेको भन्दै प्रचण्डले आक्रोश पोखे । विपक्षीले पूर्वाग्रही तबरले यो बिषय उठाएको उनको भनाई छ । प्रचण्डले आफ्नै बोलीका कारण आलोचित हुनुपरेको र प्रष्टिकरण दिनुपरेको यो अभिब्यक्ती पहिलो भने होईन । मनको कुरा मुखले बोल्न कत्ति पनि नहिचकिचाउने प्रचण्ड बिगतमा पनी आफ्नै अभिब्यक्तीका कारण थुप्रै पटक बिबादित र आलोचित बनेका छन ।
गत जेठमा भारत भ्रमणमा रहदा प्रचण्डले लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतिय भुमिसँग साटफेर गर्न सकिने बताएका थिए । उक्त अभिब्यक्ती बिबादित बनेपछी प्रचण्डले संसदको रोष्टममा उभिएर प्रष्टिकरण दिएका थिए । त्यसअघि २०७६ साल माघ १ गते काठमाडौँ टुडिखेलमा प्रचण्डले माओवादी ससत्र युद्धका क्रममा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने भन्दै दिएको अभिब्यक्ती पनी बिबादित बनेको थियो । उनको उक्त अभिब्यक्तीलाई लिएर सर्वोच्च अदालतमा मुद्धा नै परेको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्