भारतले नेपालको प्रधानमन्त्री बनाइदिने प्रचण्डको अभिब्यक्तीले राजनीतिमा तरंग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्ती विवादमा परेको छ । आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंहले भूमिका खेलेको बताएपछि दाहालको आलोचना त भइरहेको छ नै त्यसबाहेक नेपालमा सरकार निर्माणमा भारतको हस्तक्षेप हुने विषय समेत उदाङ्गो भएको छ । त्यसोत राजनीतिक दल र बौद्धिक बर्गले नेपालको सरकार फेरबदलमा भारतको प्रमुख हात हुने बताउदै पनि आएका छन् ।
कतिपयले त दिल्लीको निगाहविना नेपाली नेताहरु प्रधानमन्त्री बन्नै नसक्ने बताउँदै आएका छन् । सरकार फेरबदलमा भारतको हस्तक्षेप रहने गरेको विश्लेषण भइरहेका बेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पमल दाहालले उक्त कुराको स्वीकार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले सोमबार भारतीय राजदुत समेत उपस्थित एक कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपटक दिल्ली गएको स्वीकार गरेका हुन् ।
प्रधामन्त्री प्रचण्डको यो अभिब्यक्तिसंगै नेपालको राजनीतिमा भारतीय हस्तक्षेप रहेको छ भन्ने कुराको पुष्टि त हुन्छ नै प्रधानमन्त्री बन्न दिल्लीको शरणमा पुग्नुपर्ने स्पष्ट पारेको छ । यता राजनीतिक विश्लेषक समेत नेपालको प्रधानमन्त्री दिल्लीको इन्टे«ष्टमा हुने कुरा नौलो नभएको बताउँछन् । प्रधानमन्त्री दाहालले आफुलाई प्रधानमन्त्री बनाउन भारतीय मुलका नेपाली सिंह दिल्ली गएको सार्वजनिक गरेपछि आलोचनाको तारोमा परेका छन् ।
यो विषयले संसदमा समेत प्रवेश पाएको छ । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तीको आलोचना गरेकी छन् । प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली गएको भन्ने अभिव्यक्ती आपत्तिजनक रहेको बताएकी छन् । उनले प्रधानमन्त्रीको कुर्सिमा बसेर राष्ट्रिय स्वाभिमानमा आँच पु¥याउने अभिव्यक्ति दिन कसैलाई छुट नभएको बताइन ।
भारतीय नागरिक प्रितम सिंहको पेशा पाइलट थियो । तर उनी ७० वर्षअघि नै नेपाल आएका थिए । नेपाल आउँदा सिंहले तीनवटा ६ चक्के ट्रक लिएर आएका थिए । नेपालमा पहिलो पटक ३ वटा ट्रकसहित ढुवानीको जग बसालेकाले प्रितम सिंहलाई नेपालमा ‘ट्रान्सपोर्ट पायोनियर’ उपनाम पनि दिइएको छ ।
सन् १९५७ मा २२ वर्षको हुँदा प्रितम जम्मुकश्मिरबाट पिता कहनसिंहसँगै ट्रकबाट काठमाडौं आएका थिए । उनीहरुको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक थियो । उनै सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको स्वयं दाहालले नै स्वीकार गरेपछि यो विषय विवाद र आलोचनामा आएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुष्पकमल दाहाल, #प्रधानमन्त्री बनाउन, #सरदार प्रीतम सिंह
तपाईको कमेन्ट लेख्नुहोस्