प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पदैछन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उनले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताए ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमाथि विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हात पारेसँगै उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दावी गरे । आफूले सरकार संचालन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको उनको जिकीर छ ।
प्रधानमन्त्री दाहालले मुलुकमा सुशासनका लागि अभियान नै सुरु गरेको उल्लेख गर्दै त्यसमा सदन र आम नेपाली जनताले सरकारलाई अझ धेरै साथ दिनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए । प्रधानमन्त्री दाहालले अर्थतन्त्र जाग्नु सरकारको मात्रै नभई राष्ट्रकै उपलब्धी रहेको समेत दाबी गरेका छन् । दाहालले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशिघ्र अघि बढाउन सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।
दाहालले यही असार महिनाभित्रै बुढिगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने आश्वासन समेत दिएका छन् । दाहालले राजतन्त्र हटाएर लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिएको दाबी समेत गरेका छन् । सुशासनको समस्याका कारणले गर्दा परिवर्तन बिर्साउन खोज्नेहरु वलियो भएको भन्दै उनले लोकतन्त्रको सुदृढीकरण गर्दै अगाडि बढ्न पनि आग्रह गरे ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद्को नेतृत्वमा सम्बन्धित जिल्ला र क्षेत्रको बजेट निर्माणको प्रक्रिया सुरु गर्ने प्रस्ताव गरेका छन् । बजेट निर्माणमा जनप्रतिनिधिहरुको भूमिका बढाउन भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । बजेट निर्माण प्रक्रियामा सुधार ल्याउनकै लागि आगामी आर्थिक वर्षदेखि फागुन मसान्तभित्र बजेटका सिद्धान्त र प्राथमिकता फागुन मसान्तभित्रै संसदमा पेश गर्ने व्यवस्था गरिने घोषणा बजेट वक्तव्यमै गरिएको छ । प्रधानमन्त्री दाहालले समयमै विद्यार्थीले पाठ्युस्तक पाएको, रासायनिक मल समेत सजिलै किसानले पाउने अबस्था बनेको समेत दाबी गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #भ्रष्टाचार विरुद्ध
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्