प्रधानमन्त्री प्रचण्डले सांसदको नाम र प्रश्न बिर्सिएपछि….
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिएका छन् । संसद नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था अनुसार दाहालले शुक्रबार प्रश्नको उत्तर दिएका हुन् । तर प्रश्नोत्तरका क्रममा केही सांसदलाई प्रधानमन्त्रीले चिन्न नसकेपछि सभामुखको सहयोग माग्नु परेको थियो ।
संसदको नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था गरिएको छ । त्यही व्यवस्था अनुसार शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रश्नको जवाफ दिन संसदको रोष्टममा सांसदहरुको प्रश्नको जवाफ दिइरहेका थिए ।
प्रतिपक्षी दल नेकपा एमालेका अच्युत मैनाली र नेपाल कांग्रेसका अजय चौरसियाको प्रश्नको जवाफ दिएपछि प्रश्न सोध्न सभामुख देवराज घिमिरेले कांग्रेस सांसद अन्जनी श्रेष्ठको नाम बोलाए । उनले आफ्नो प्रश्न पनि राखिन् । तर, प्रधानमन्त्रीले उनलाई चिन्न सकेनन् र सभामुखको सहयोग मागे । सभामुखले अन्जनी श्रेष्ठको नाम लिएपछि प्रधानमन्त्रीले जवाफ दिए ।
त्यस्तै कांग्रेस सांसद अम्बिका बस्नेतलाई पनि प्रधानमन्त्रीले चिनेनन् । पूर्वमन्त्री समेत रहेकी बस्नेत चर्चित कांग्रेस नेता पनि हुन् । तर, प्रधानमन्त्रीले उनलाई पनि नामले चिन्न नसकेपछि पुनः सभामुखको सहयोग मागे । सभामुखले अम्बिका बस्नेत भनेर चिनाएपछि प्रधानमन्त्री पुनः अलमलिए । उनले अम्बिका बस्नेतको प्रश्न हराएपछि पुनः प्रश्न सोध्न आग्रह गरे ।
प्रधानमन्त्रीले यस्तो हुनुमा आफ्नो तयारीमा कमजोरी देखिएको समेत स्वीकार गरेका थिए । त्यसपछि प्रश्न सोध्न लागेका सांसद अशोककुमार चौधरीले आफ्नो पालामा प्रधानमन्त्रीलाई आफ्नो नाम बताउदै नझुक्किनु होला है भनेर व्यंग्य समेत गर्न भ्याए । सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिले नै प्रधानमन्त्री कार्यालयमा संसद सचिवालयमार्फत गइसकेको हुन्छ र सम्बन्धित मन्त्रालयबाट जवाफ लेखेर पठाइन्छ ।
प्रधानमन्त्री कार्यालयले पर्याप्त तयारी नगरेका कारण प्रधानमन्त्री दाहाल पटकपटक झुक्किन पुगेका थिए । उनले आफ्नो तयारीमा कमजोरी भएको पनि संसदमा नै स्वीकार पनि गरेका थिए । तर प्रधानमन्त्रीको सचिवालयले यी र यस्तै साना साना गल्ती गरेर प्रधानमन्त्रीलाई लज्जित कहिलेसम्म बनाउने हो, त्यसमा सचिवालयले कहिले ध्यान दिने ?
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल, #संसद नियमावली, #सांसदहरुको प्रश्न
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्