प्रधानमन्त्री प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।
प्रचण्डलाई भेट्न विप्लव विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। दुई नेताबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धि रक्षाबारे गम्भीर छलफल भएको प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहालले बताएकी छन्।
‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल,’ भेटवार्ताको तस्वीर साझा गर्दै दाहालले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
सोमबार मात्रै सत्तामा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र चन्द नेतृत्वको नेकपा समेत सम्मिलित समाजवादी मोर्चा घोषणा भएपछि पहिलो पटक प्रचण्ड र बिप्लवबीच भेटवार्ता भएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेत्रविक्रम चन्द विप्लव, #प्रचण्ड, #प्रचण्ड र विप्लव
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्