बाबुराम भट्टराईको टिप्पणीः समाजवादी मोर्चा सत्ता ‘बार्गेनिङ’को हतियार नबनोस्
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको प्रतिक्रिया दिएका छन्।
एकीकृत माओवादीसहितका चार दलले समाजावादी मोर्चा घोषणा गरेलगत्तै भट्टराईले समाजवाद– उदार विचार, उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण भएको बताएका हुन् ।
‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्’, उनले लेखेका छन्,‘केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’
पुष्पकमल दाहालनेतृत्वको एकीकृत माओवादी, माधवकुमार नेपालनेतृत्वको एकीकृत समाजवादी पार्टी, उपेन्द्र यादवनेतृत्वको जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्दनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार समाजवादी मोर्चा घोषणा गरेका थिए। मोर्चाका लागि पहलकदमी लिएका भट्टराई भने सहभागी हुन पाएनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #बाबुराम भट्टराई
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्